बुटवलबाट सिधै सितल निवास

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हिजो बुधबार बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न गएका थिए । उनलाई बुटवलमा नै काठमाण्डा फर्कन ढिला भइसकेको थियो । उनी बुटवलबाट काठमाण्डौ फर्किँदा धेरै नै साँझ परिसकेको थियो । काठमाडौँ आईसकेपछि उनी आफ्नो निजी निवास बालकोट नगएर सिधै राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ लागे।

ओलीले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग राति ८ बजेदेखि १० बजेसम्म दुई घण्टा छलफल गरेका छन्। ओली रा राष्ट्रपतिबीचको यो भेटबारे शीतलनिवास र ओली सचिवालयले केही पनि सार्वजनिक गर्न चाहेको छैन । राष्ट्रपतिबारे ओलीको भेटवार्ताबारे राष्ट्रपति कार्यालयका कर्मचारी बोल्न चाहेनन् ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीचको भेटवार्ता नेकपा एमालेको आन्तरिक विषयमा केन्द्रित रहेको बुझिएको छ । भेटमा संसद्को अवरोध लगायतका विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ । तर खास केका लागि किन रातीको समयमा २ घन्टामा भेटघाट गरियो सत्य तथ्य भने थाहा भएको छैन ।