आजको शेयर बजार हिजो भन्दा झन घट्यो

३० भदौ, काठमाडौं । हिजो मंगलबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूच आज बुधबार पनि दोहोरो अंकले नै घटेको
छ । नेप्से परिसूचक ४० दशमव २६ अंकले घटेर २ हजार ८ सय ८९ दशमलव ०३ अंकमा झरेको छ ।

आज १ दशमलव ३७ प्रतिशतले बजार घटेको हो । यस अघि मंगलबार १८ अंकले परिसूचक घटेको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव १६ अंकले घटेको छ ।

कारोबार रकममा पनि उल्लास देखिएन । दिनभर भएका ७५ हजार ८ सय ९५ कारोबारबाट १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता शेयर किनबेच भएका छन् ।
आज कारोबार रकम ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँमा रोकिएको छ ।