दसैँ, तिहार तथा छठका लागि हवाई टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने

अब आउने दसैँ,तिहार तथा छठका लागि भनेर हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने भएको छ । यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो ।

यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला गर्ने बारे आधिकारिक धारणा आइसकेको छैन । जसले गर्दा अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सम्बन्धमा आफूहरू रोकिन पुगेको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

‘दसैँ–तिहारको अग्रिम हवाई टिकट बुकिङको सम्बन्धमा वायुसेवा सञ्चालक संघले आन्तरिक तयारी गरिरहेको छ तर सरकारबाट निर्णय आएको छैन ।