मुग्लिन–नौबिसे सडक खण्ड बिहानबाट एकतर्फ खुला

मुग्लिन–नौबिसे सडकमा खसेको पहिरो का कारण गए रातिदेखि अवरूद्ध सो सडक खुलेको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गए राति २ बजे पृथ्वीराजमार्गको चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध थियो।

आज बजेदेखि सडक दुबैतर्फी खुलेको प्रहरीले जनाएको छ। पहिरोले रोकिएका सवारी साधन सडक खुलेसँगै गन्तव्यका लागि छुटेका छन्।