सभामुख अग्नि प्रसाद सापकोटाले एमाले फुटाएकाले संसद बैठक निरन्तर अवरुद्ध हुन्छ

एमाले अध्यक्ष, केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा एमाले फुटाउन सामेल र षड्यन्त्र गरेकाले आफूहरुले संसद बैठक अवरुद्ध पारेको स्पष्टीकरण दिएका छन् ।

आज झापामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सभामुख सापकोटाले संसद चलाउन नसक्ने ठोकुवा समेत गरे । ‘सभामुखले निष्पक्षता अपनाउन नसकेपछि, पार्टी कार्यकर्ताको रुपमा काम गरेपछि हामीले उनलाई सभामुख मान्न सक्ने अवस्था भएन् । उनले संसद चलाउन सकेनन्, गैर सांसद राखेर संसद चलाउन नमिल्ने कानुन छ’, ओलीले भने, ‘बल मिचाइलाई स्वीकारेनौ । यो विलकुल जायज छ र जारी रहन्छ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकार जनादेशबाट नआएको र परमादेशबाट आएको भन्दै जनादेशबाट अर्को सरकार आउनै नसक्ने भएकाले चुनाव भएपछि सत्तापक्ष थुरथुर भएको बताए ।

उनले ५ गठबन्धनमा आवद्ध पार्टीहरूलाई तीतेपातीको र एमालेलाई सालको रुखको संज्ञा दिँदै तीतेपातीका जति बुट्टा भएपनि सालको रुखलाई उछिन्न नसक्ने दावी समेत गरे । उनले फागुनमै निर्वाचन गरेर देखाउन चुनौती समेत दिए । ‘फागुनमा चुनाव गर, एमाले फुटेको छ । त्यतिबेला थाहा पाउँछौ,’ ओलीको चुनौती छ ।