नेकपा एमाले सुदूरपश्चिम इन्चार्ज म नै हुँ

नेता, लेखराज भट्ट

२९ भदौ, धनगढी । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउँदै भट्टले इन्चार्जको विषयमा कुनै विवाद नरहेको बताएका हुन् ।

‘स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक तथा हामीलाई बोलाएर अध्यक्ष कमरेडले एकीकरणसहितको नेकपा एमाले हो भन्‍नुभएको छ,’ प्रेस चौतारी कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले भने, ‘सुदूरपश्चिमको इन्चार्ज कमरेड लेखराज भट्ट, अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावल कमरेडले सहजीकरण कार्यदलको नेतृत्व गर्दै तलका समस्या समाधान गर्ने भनेकाले सोही अनुसार हामी अघि बढेका छौँ ।’

नेता भट्टले रावल र आफ्नोबीचमा समेत कुनै खालको मतभेद नरहेको दावी गरेका छन् । ‘रावल कमरेडले पार्टीभित्र आफ्नो मत राख्नुलाई स्वभाविक मान्नुपर्छ । अहिले कार्य विभाजनको प्रश्न हो । उहाँ (रावल) र मेरोबीचमा मतभेद अथवा भिन्न मत छैन ।