२१ भदौ, काठमाडौं । ललितपुरको नख्खु कारागारमा हिजो आइतबार भएको कुटाकुटको विषयमा अनुसन्धान गर्न छानविन समिति गठन भएको छ ।
कारागार व्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीको अध्यक्षतामा छानविन समिति बनेको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत दीपक न्यौपाने, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीको राजदल गणका अधिकृत सदस्य छन् ।
समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । नाइकेले कारागारभित्रको क्यान्टिनमा खानाको मूल्य बढाएको निहुँबाट सुरु भएको विवाद उग्र बन्दा कुटाकुट भएको थियो ।