Breaking News

एमाले बाहेक अरुले मेलम्चीको पानी ल्याउन नसक्ने

१९ भदौ, काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने दावी गरेका छन् । उनले बोल्ने क्रममा ओलीले एमालेबाहेक अरुले मेलम्चीको पानी ल्याउन नसक्ने बताए ।

मेलम्चीमा बाढीले क्षति गरिसकेपछि पनि आफू नेतृत्वको सरकारले आउँदो वैशाखसम्म पानी ल्याउने तयारी गरेको भन्दै ओलीले यो सरकारले वैशाखमा पानी ल्याउन नसक्ने जिकिर गरे ।

उनले भने ‘चुनावपछि एमाले जितेर आउँछ र मेलम्ची ल्याउँछ । एमाले चाहिन्छ मेलम्ची ल्याउन अरुले ल्याउन सक्ने छैन ।’

आफू नेतृत्वको सरकारले मेलम्ची जाने सडक मर्मतमा बजेट विनियोजन गरेको तर अहिलेको सरकारले काटेको ओलीले दावी गरे ।

एमाले अध्यक्ष, केपी शर्मा ओली