नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टी त्यागे

१८ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएको बताइएको छ ।