नेकपा एमालेले को आज बसेको केन्द्र्रीय कमिटी बैठकले १० बुँदे एकता प्रस्तावलाई शीघ्र कार्यान्वयन गर्ने भएको छ ।
‘आजको बैठकले स्थायी समितिले गरेका निर्णय अनुमोदन गरेको छ । साथै १० बुँदे सहमति कार्यन्वयन शीघ्र कार्यान्वयन गर्न कार्ययोजना र कार्यतालिकालाई मूर्त रुप दिएको जानकारी बैठकपछि पत्रकारमाझ ज्ञवालीले बताए ।
बैठकले एमाले विभाजनमा लाग्नेहरूमाथि कानुन अनुसार कारवाही गर्ने समेत बैठकले गरेको छ । विभाजनमा लाग्नेहरू गल्ती सुधार गरेर आए पार्टीले स्वीकार गर्ने समेत एमालेले जनाएको छ ।
आजको बैठकमा अध्यक्ष केपी ओलीले आन्तरिक एकताका लागि महत्वपुर्ण बैठक भएको धारणा राखेका थिए । त्यस्तै अध्यक्ष ओलीले पार्टी एकताको पक्षमा उभिने नेताहरुलाई स्वागत गरेका थिए ।
त्यस्तै पार्टी जेठ २ को अवस्थामा फर्कने भएपछि बीचमा अर्को पार्टीबाट आएका नेता, कार्यकर्ता र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न प्रदेश र विभिन्न नेताहरुलाई एमालेले जिम्मेवारी पनि दिएको छ । मातहत कमिटीलाई जिम्मेवारी दिएको छ ।