राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी निर्माण गरिएको हो

अध्यक्ष, माधव कुमार नेपाल

१० भदौ, काठमाडौं । नेकपा (एमाले) बाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले आज काठमाण्डौंको बुद्धनगरस्थित क्वालीटी ब्यांकेटमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले हिजो मात्र राष्ट्यि दलको मान्यता पाएको आफ्नो पार्टीले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताएका छन् ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको उनले बताए । यद्यपि अहिले साथ छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको, त्यो अहिले कायमै रहेको उल्लेख गरेका थिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष माधव कुमार नेपालले अहिले परिस्थितिमा परिर्वतन आएको र केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको बताए । तर हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै यस अभियानमा थाक्नेहरु थाकिरहन्छन्, मेरो केही गुनासो छैन । ेयस अघिको समयमा आफ्नो समुहमा रहेको नेताहरुप्रति लक्षित गदै नेपालले उनीहरु पनि ओलीको त्यो पार्टीमा बस्न नसक्ने र भोलिका दिनमा आउने समाजवादीमै रहेको बताए । आफू हुंदासम्म त पेलानका पेलान भएकोे समयमा अहिले झन पेलान र हेपाह हुने भएकाले एक न एक दिन आउने यतै हो उनले बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले राष्ट्, जनता र विकास निर्माणका लागि सदैव अगाढी बढ्नुका साथै मुद्दा उठाएर जनतासामु जाने समेत बताए ।

धेरै लामो बोलेका उनले प्राय समय देश विकास र राष्ट्हितका बारेमा समय खर्चेका थिए ।

No description available.