Breaking News

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसदको सनाखत बाँकी ४ जना केन्द्रीय सदस्य र सांसदको नाम प्रक्रियामा

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५५ जना केन्द्रीय सदस्यले सनाखत र ४ जनाको प्रक्रिया जारी ।

नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेका ५९ पुगेको र ५५ जनाको सनाखत भएके र बाँकी ४ सनाखत प्रक्रियामा रहेको जो केही समयमा नै त्यो पनि हुने जानकारी समाजवादी पार्टीका सांसद टेकमणी चौधरीले बताएका छन् । त्यतै निर्वाचन आयोगमा सनाखतका लागि प्रतिनिधिसभाका एमाले ३४ जना सांसद निर्वाचन आयोगमा उपस्थितमा ३० जनाको सनाखत भएको बांकी ४ जनाको प्रक्रियामा रहेको त्यो पनि निर्वाचन आयोगले सनाखतका लागि प्रक्रिया पुरा गर्ने सांसद चौधरीले बताए ।

सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो ।