Breaking News

क्षतिपूर्तिको एकिन गरी राहत दिन गाउँपालिकालाई आग्रह

बैशाख ३, पचालझरना, खार्दु, कालिकोट । कालिकोटको पचालझरना गाउँपालिका वडा नम्बर ३ मा हालै भएको आगलागीबाट सोही वडा निवासी युवा कृषक लोकेन्द्र कठायतले पालका करिब ३५ बाख्रा जलेर नष्ट भएका थिए । राती वनको डडेलोमा लागेको आगो बाख्रा खोरमा पसेपछि सो खोरमा रहेका ३५ वटै बाख्रा जलेर सखाप भएपछि सोही ठाउँका तीन (३) वडा अध्यक्ष लोकजंङ कठायतले सूचना प्रवाह गरी हाम्रा ३ वडा निवासी युवा किसानी श्री लोकेन्द्र कठायतले पालेका बाख्रोको खोरमा चैत्र २८ गते शुक्रबार राती पचालझरना ३ अवस्थित खार्दु धुलछहरा वन नजिक एकान्त ओडारमा खोर बनाई बाख्रा हुलिएको र सोही राती वनको डडेलो आगो सल्कदै आएर बाख्राको खोरमा सल्की खोरमा हेका ३५ वटै बाख्रा जलेर नष्ट भएकाले यस्तो पशुजन्य आगलागीबाट दुःख व्यक्त गदैं आफू लगायत सम्पूर्ण वडाबासी मर्महात भएको अवगत गराउनु भएको छ । यस्तो दुखत घटानामा पिडित कृषक लोकेन्द्र कठायतप्रति धर्यधारणा व्यक्त गर्दै अबका दिनमा यस्ता खालका घटना फेरि पनि नदोरियउन र नहोस् भन्दै कृषक कठायतको बाख्रा खोरमा आगलागी बाट भएको क्षतिको मूल्यांकन गरी गाउँपालिका बाट क्षतिपूर्तिको लागि पनि पहल गरिदिन अनुरोध समेत गर्नु भएको छ ।

खार्दु धुलछहरा वन नजिक एकान्त ओडारमा खोर बनाई बाख्रा हुलिएको र सोही राती वनको डडेलो आगो सल्कदै आएर बाख्राको खोरमा सल्की खोरमा हेका ३५ वटै बाख्रा जलेर नष्ट भएकाले यस्तो पशुजन्य आगलागीबाट दुःख व्यक्त गदैं आफू लगायत सम्पूर्ण वडाबासी मर्महात भएको अवगत गराउनु भएको छ । यस्तो दुखत घटानामा पिडित कृषक लोकेन्द्र कठायतप्रति धर्यधारणा व्यक्त गर्दै अबका दिनमा यस्ता खालका घटना फेरि पनि नदोरियउन र नहोस् भन्दै कृषक कठायतको बाख्रा खोरमा आगलागी बाट भएको क्षतिको मूल्यांकन गरी गाउँपालिका बाट क्षतिपूर्तिको लागि पनि पहल गरिदिन अनुरोध समेत गर्नु भएको छ ।

आज बिहान वडा अध्यक्ष लोकजङ कठायतले कदर न्यूजसँग कुरा गर्दै अगाडी भन्नु भयो, यो घटना खास वनको डडेलोमा लगाएको आगोले बाख्राको खोरमा टिप्न गई अचानक यस्तो खालको घटना भएको बताएका छन् । सो खोर खार्दु धुलछहरा नजिक ओडारको एकान्त वनमा रहेको र राती सो खोरमा बाख्रा सँगै मालिक पनि नसुतेकोले यस्तो घटना हुन गएको बताउनु भएको छ । बाख्रा मालिक लोकन्द्रको परिवार अलि वर ५, १० मिटर अर्को घरमा सुतिरहेका तर आगलागी भएको थाहा नपाएकाले पनि घटना भएको बताउनु भयो । वडा अध्यक्षका अनुसार खोरमा रहेका सबै बाख्रा जलेर नष्ट भएपछि जलेका बाख्राको व्यवस्था केगर्ने भन्ने बषयमा गाउलेबीच छलफल भएपछि जलेर नष्ट भएका ३५ वटै बाख्रालाई गाउँकै स्थानीयहरुले पर बाख्राको ४ देखि ५ हजार रुपैयाँको मुल्यमा निर्धारण गरी लगेको र कसैले बाख्रा सट्टामा दिने गरी व्यवस्था गरिएको र त्यो पनि पछि दिने गरी लिइएको कुार वडा अध्यक्ष कठायतले हामीलाई बताउनु भयो ।
साथै आगलागी भएपछि गएको प्रहरीको टोलीले मुचुल्का उठाई आगलागीबाट करिब ३ देखि ४ लाख सम्मको क्षति भएको र सो क्षतिपूर्तिको लागि गाउँपालिका विपत तथा राहत कोषको बैठक बसेपछि छलफल गरेर क्षतिपूतिृको बारेमा निर्णय लिने समेत बतानउनु भएको छ ।

 

वडाध्यक्ष , लोकजङ कठायत

लेखक : कदर रिर्पोट