Breaking News

महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एकजना गाउँपालिकाका अध्यक्ष पक्राउ

२८ साउन, काठमाडौं । रुपन्देहीमा एक महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एकजना गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला रहेका छन् ।

रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।

महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेरहेको छ ।