२८ साउन, काठमाडौं । इंगलिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । आज बिहान सम्पन्न खेलमा स्पानिस क्लब भियारियललाई पेनाल्टी सुटआउटमा ६(५ ले पराजित गर्दै लण्डन क्लब चेल्सी च्याम्पियन बनेको हो ।
विन्डोरस पार्कमा भएको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
२७ औं मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिएको थियो भने ७३ औं मिनेटमा जेरार्ड मोरेनोले भियारियालका लागि बराबरी गोल फर्काए ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका केपा अरिजाबालागाले भियारियालका कप्तान राउल अल्बिओलको अन्तिम प्रहार रोक्दै चेल्सीलाई जित दिलाए । त्यसअघि उनले अईसा मान्डीको प्रहार रोकेका थिए ।
चेल्सीका काई हाभार्टको पहिलो पेनाल्टी नै भियारियलका गोलकिपर सर्जियो असेन्जोले बचाएका थिए । तर त्यसपछि चेल्सीका सबैले गोल गरे ।