सिंह दरवार गाउँमा आएको परिणाम लुटतन्त र भ्रष्टचार मौलायो

कर्णबहादुर भण्डारी (विराट)

१५ साउन, कालिकोट । नेत्र विक्रमचन्द विप्लव नेकपाका केन्द्रीय सदस्य कर्णबहादुर भण्डारी विराटले वर्तमान व्यवस्थाको परिणाम जता हेर्यो त्यतै भष्टचार र लुटतन्त्रले भरिएको बताएका छन ।
आज कालिकोट सदरमुकाम मान्ममा पार्टी सर्म्पपर्क कार्यालयको उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन ।

प्रमुख अतिथिको रुपमा बोल्दै विराटले प्रतिवन्ध फुकुवा पछि पनि आफ्ना कार्यकतालाई गिराप्तार र धरकपड गरिरहेको प्रति चिन्ता व्यक्त गरेका थिए ।

केपि ओली नेतृत्वको सरकारले प्रतिवन्ध फुकुवा गरेर पार्टीका मागहरू सम्वोधन गर्ने आश्वासन दिएर वार्ता गरेपनि अहिले सम्म मागहरू सम्वोधन गर्न नसकेको बताए ।

विराटले अझै जन्ताले चाहेको व्यवस्था आउन नसकेको बताए ।
सिंह दरवार गाउँमा आएको परिणाम लुटतन्त र चष्टचार मौलाएर दलाल पुजिवादि व्यवस्था योग्य नरहेको जन्ताले महसुश गरिसकेको बताए ।
अब यहि परिणामले जनमत संग्रह आवश्यकता देखिएको छ । अब जनमत संग्रहबाटै व्यवस्था परिवर्तन आवश्यक देखिएको बताएका थिए ।

यस्तै जिल्ला ईन्चाज मणिलाल ऐडी (रणदिप) ले , पार्टिको ल्याएका नंया एजेण्डाहरू लाई जन्ता सामु बाहिर ल्याउन, सरकारले गरेका राष्टघाति गतिविधिहरूको वारेमा मान्ममा सम्पर्क कार्यालयको स्थापना गर्न खाजेको बताएका छन ।
आफ्ना मागहरू र सहि बाटोमा सरकार जान नसकेमा अब पार्टी कार्यालय बाटै जिल्लामा विरोधका कार्यक्रम आवश्यक देखेर कार्यालय स्थापना गरेको रणदिपले बताए ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज वस्ट, पुर्व अध्यक्ष कालिबहादुर मल्ल, विस्नु न्यौपाने, विस्वनाथ सिम्खाडा पार्टिका नेता कार्यकताहरूको उपस्थितिमा गरिएको थियो ।