हिजो रातीको असिना पानीले खाद्यान्न बालीनालीमा ठूलो क्षति

कदर न्यूज

कदर न्यूज
२ वैशाख, म्याग्दी । नयाँ बर्ष २०७७ साल शुरुवात भएकै दिन बैशाख १ गते मध्यरातको करिब ३ बजेपछि परेको भिषण असिना पानी, चलेको हावाहुरीले गर्दा म्याग्दीको रघुगंगा गाउँपालिकाको -२ वडा भगवती-३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा खेतबारीमा लगाएको अन्नबालीमा ठुलो क्षति पु¥याएको बताइएको छ । कदर न्यूज गण्डकी ब्यूरो कृष्णबहादुर कार्कीले जनाएअनुसार आज राति करिब १ फिट सम्म परेको असिना पानीले यहाँको गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याउनुका साथै नष्ट गरेको बताएका छन् ।
रातीबाट असिना पानीसंगै आएको बाढीको कारण भगवतीको जैसिखोर क्षेत्रमा केहि घरहरुमा समेत क्षति पु¥याएको उनले बताएका छन् । अहिले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, वडा अध्यक्ष रिम कटुवाल लगायतको टोलीले भगवती क्षेत्रमा भएको क्षतिको विवरण संकलनमा जुट्नु भएको र सोही क्षेत्रकै अन्य क्षेत्रमा समेत भएको क्षतिको विवरण संकलन भैरहेको कुरा ब्यूरो संवाददाता कृष्ण बहादुर कार्कीले बताएका छन् ।
उनका अनुसार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल नेतृत्वको टोली समेत त्यसतर्फ जाने तयारीमा रहेको बुझिएको छ । त्यसैगरि मालिका गाउँपालिकाको बिम लगायतका क्षेत्रमा समेत असिना पानीले गौँ, जौ र सुन्तला खेतीमा क्षति पु¥याएको वडा अध्यक्ष रेशम जुग्जाली (सुविन) ले आफूलाई फोन मार्फत् सूचना प्रवाह गर्नु भएको उनले हामीलाई बताउनु भएको र अरु पर्वत, म्याग्दी, बाग्लुकका धेरै जसो ठाउँमा हिजो राती परेको असिना पानी र हावा हुरीले धेरै कृषकको खाद्यान्न बाली नष्ट गरिएको बुझिन आएको समेत ब्यूरो संवाददाता कार्कीले हामीलाई बताएका छन् ।