२,९७७ जनामा कोरोना संक्रमण पुष्टि १८ जनाको मृत्‍यु भएको छ भने १६७८ जना संक्रमणमुक्त

८ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्‍यु भएको छ भने १६७८ जना संक्रमणमुक्त भएका छन् ।