ऋण काडेर भए पनि जनतालाई खोप लगाएरै छाड्छु

प्रधानमन्त्री, शेरबहादुर देउवा

८ साउन, काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् ।

आजको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताए । उनले अघि भने, ‘हामी क्रण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गर्छौं ।

प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५र७ महिना मात्र रहने भन्दै उनले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए ।