चीनीयां भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको विमान आज काठमाडौं आउदै

७ साउन, काठमाडौं । चीनसँग खरिद गरिएको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको विमान आज काठमाडौं आइपुग्दैछ ।

बुधबार राति गएको जहाज आज आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । सो जहाज आजै फेरि खोप लिन बेइजिङ जाने छ ।

यसअघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो ।

निगमले खोप ल्याउनका लागि बुधबार, बिहीबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । सरकारले चीन सरकारसँग सरकार(सरकार (जिटुजी० मार्फत खोप ल्याएको हो ।