आज पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ

७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

स्मृति दिवसको अवसरमा आज नेपालका कम्युनिष्ट पार्टी त्यससम्बद्धन नेता तथा कार्यकर्ताले बिभिन्न कार्यक्रम राखेर पुष्पलाललाई सम्झद्र छन् ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

२००५ सालमा पुष्पलालले मार्क्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था गरेका
थिए । त्यसको एक वर्षपछि २००६ सालमा उनले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गठन गर्नुभयो । पुष्पलाल नेकपाको संस्थापक महासचिव हुन् ।