अध्यक्ष ओली नै कारवाही योग्य छन्

पार्वती विशुंखे

६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज माधव पक्षीय २२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् ।
ओलीले पठाएको स्पष्टीकरण पत्रका भने प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे भने उल्लेख गरेको छैन । स्पष्टीकरण पत्र बुझेकी प्रतिनिधिसभा सदस्य पार्वती विशुंखे भने अध्यक्ष ओली नै कारबाहीयोग्य बन्दै गएको बताउँछिन् ।

‘पार्टी दलको बैठक नराखी संसद विघटनको निर्णय गर्ने, संविधानले नदिएको अधिकार प्रयोग गरी मुलुकमा संवैधानिक संकट निम्त्याउने काम केपी ओलीबाट भएको छ,’ उनी भन्छिन्, ‘कारबाही त केपी ओलीलाई पो गर्नुपर्छ अब ।’ अध्यक्ष ओलीले पार्टी विधान समेत पालना नगरी अवैधानिक गतिविधि गरेको उनको भनाइ छ ।

संविधानको धारा ७६ (५) ले दिएको अधिकार प्रयोग गरी स्वविवेकीय अधिकार प्रयोग गरी आफूले संविधान र संसद बचाएको विशुंखेले बताइन् । स्पष्टीकरण पत्रबारे पनि नेताहरु बीच छलफल भइरहेको उनले बताइन् ।