माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक २ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा प्रभावकारी सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार र पार्टीको संगठनात्मक विषयमा छलफल हुँदछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउनुपर्ने प्रस्ताव अघि सार्दै आएका छन् । त्यसबारे समेत माओवादी केन्द्रको बैठकमा छलफल हुने बताइएको छ ।

माओवादी नेताहरुका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकाले पार्टीका तर्फबाट पठाउने मन्त्रीका नामबारे समेत छलफल हुने छ । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि २९ मा प्रधानमन्त्रीसँगै काँग्रेस र माओवादीका दुई–दुई मन्त्री बनेका छन् ।