जलजला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र बहादुर क्षेत्रीलाई स्वागत

४ जलजला, पर्वत । जलजला गाउँपालिको निवर्तमान प्रमुख प्रशासकीय अधिकृत अर्जुन पौडेल मुख्यमन्त्री कार्यालय पोखरामा सुरुवा भएपछि उहांको ठाउंमा पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र बहादुर क्षेत्रीलाई आज पालिकाको कार्यालय मा एक कार्यक्रम गरी स्वागत गरिएका छ ।

राजेन्द्र बहादुर क्षेत्री कुश्मा नगरपालिकाबाट सरुवा भइ जलजला गाउंपालिकामा आउनु भएको हो । जलजला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गरेका क्षेत्रीलाई गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले स्वात गर्नुका साथै निवर्तमान प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेललाई बिदाई समेत गर्नु भएको छ ।

पौडेलको मुख्यमन्त्री कार्यलय गण्डकी प्रदेशमा सरुवा भएका छन ।  जलजला पालिकाको प्रमुख अधिकृतको रुपमा पदभार ग्रहण गरेपछि क्षेत्रीले कार्य सम्पादन गर्दा न्यायोचित र निश्पक्ष तरिकाले गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा गाउंपालिका अध्यक्ष अध्यक्ष मल्लले क्षेत्री लाई स्वागत गर्दै जनताले दुःख नपाउने गरी कर्मचारी प्रणाली मार्फत काम गर्न निर्देशन समेत दिनु भएको छ ।