जनताको तागतका अगाडि प्रतिगामीहरू परास्त भए

अध्यक्ष, प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुस्लिम धर्मावलम्बीको चाड बकर इदको अवसरमा सन्देश दिंदै, स्वदेश प्रतिगामी तत्वहरू परास्त भएको बताएका छन् । जनताको तागतका अगाडि प्रतिगामीहरू परास्त भएको प्रचण्डको भनाइ छ।

‘समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीबाट हमला गर्ने काम भए,’ बकर इदमा आज शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, ‘समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो। तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए ।’

‘त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु। जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आव्हान पनि गर्दछु।

‘वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो। नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको हो। नेपाली समाजको यही विशेषता र एकताको बलमा नेपालमा ठूलाठूला राजनैतिक र सामाजिक परिवर्तनहरु भए ।

‘यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको छु ।