Breaking News

थप ३,१०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २५ जनाको मृत्यु

५ साउन, काठमाडौं । नेपालमा २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

२४ घन्टामै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ भने १ हजार ५९५ जना निको भएका छन् ।

मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९९३ पुगेको छ । तीमध्ये ९ हजार ६०७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ जना रहेका छन् । जसमध्ये २३ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५९२ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत छन् ।