तरकारीमा मनपरी भाउ

पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको  मागअनुसार  आपूर्ति  नहुँदा  मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक  छाक  टार्न  गाह्रो  हुन  थालेको  छ । तरकारीबाहेक  मरमसला, नुन  तेलसमेत  गर्दा  एक छाक  तरकारीको  १८०  रुपियाँ  परेको  अनुभव कीर्तिपुर  निवासी  रमिला  आचार्यको  छ ।

पहिले दुई/तीन  थरी  तरकारी  र  अचार  हुने  रमिलाको भान्सामा अचेल एक थरी मात्रै तरकारी पाक्छ । कीर्तिपुर चोकमै तरकारी भाउ बुझिरहेका कमल सुवेदीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन  आउन  थालेको  अनुभव  सुनाए ।

उनले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा  उमारेर खाने सोच बनाएको बताए । सुवेदीले तरकारीको  भाउ  छोइसक्नु छैन ।  निषेधाज्ञा खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो तर झन् महँगिएको बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।