चिनिया ८ लाख डोज भेरोसेल खोप काठमाण्डौ आईपुग्यो

२५ असार, काठमाडौं । सरकार चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौं आइपुगेको छ ।
सरकारले ४० लाख खोप खरिदका लागि सिनोफार्मसँग ‘नन डिस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । सम्झौताअनुसार पहिलो लट खोप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । साउन ८ गतेसम्म थप दुई उडानमार्फत खोप ल्याइने स्वास्थ्य सेवा विभागको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

शुक्रबार काठमाडौं आइपुगेको ८ लाख खोपमध्ये केही पोखरा र हेटौंडा पठाइएको छ भने सडक अवरुद्ध भएका कारण बुटवल भने पठाउन सकिएको छैन ।

बाँकी खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चिस्यान भण्डारणमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा। कृष्ण पौडेलले जानकारी दिए । ‘खोपको सबै विवरण कम्प्युटरमा इन्ट्री गर्ने काम सकिनासाथ प्रदेशस्थित भण्डारण स्थलहरुमा पठाउँछौं,’ उनले
भने ।

मन्त्रालयका अधिकारीहरुका अनुसार टेकु र पथलैयामा पनि केन्द्रीय स्तरका भण्डारण केन्द्र छन् । हेटौंडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू छन् । यदि खोप राख्ने स्थान अभाव भएमा निजी वा अन्य सरकारी कार्यालयका भण्डारण केन्द्रमा खोप राख्ने मन्त्रालयको योजना छ ।
जनाएको छ ।