Breaking News

‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली (सुदर्शन) लाई हृदयघात

२५ असार, काठमाडौं । नेकपा ‘विप्लव’ नेतृत्वको माओवादीका नेता हेमन्तप्रकाश ओली (सुदर्शन) लाई हृदयघात भएको छ ।

हृदयघात भएपछि उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रको इमरजेन्सीको १३ नं. बेडमा भर्ना गरी उपचार थालिएको छ ।

२०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन् ।

विप्लव समूहको मध्य कमाण्ड इन्चार्ज रहेका उनले नै २०७५ फागुन १० मा नख्खुमा भएको बम विस्फोटको जिम्मेवारी लिएका थिए । त्यसबेलै उनी प्रहरीको नजरमा परेका थिए । तर, कल डिटेलले उनलाई उपत्यकाबाहिर देखाएपछि विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेल पक्राउ परे ।