थप २,२३९ जनामा कोरोना संक्रमण पुष्टि २० जनाको मृत्यु

२५ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २, २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ३१६ जना निको भएका छन् ।