बनेपा बजारमा भल पस्दा गाडी नै डुम्ने पोखरी बन्यो

२५ असार, काठमाडौं । लगातार परेको बर्षाका कारण काभ्रेको बनेपा बजारमा गाडी डुबाउने भल पसेपछि यातायात र स्थानीयले सास्ति पाएका छन् ।

पुण्यमाता खोलाको बाढीले हरेक वर्ष सडक डुबानमा पार्दछ । आज बिहान पनि साना गाडी डुबाउने खालको भल बगेको छ ।

भलले आधा घण्टा जति अवरुद्ध भएको सडक अहिले भने खुलिसकेको छ । त्यहाँ सडक होचो भएकाले वर्षायाममा यस्तो समस्या आउने गरेको छ ।