कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ

सभापति देउवा

१ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षको पुनित अवसरमा शुभकाना सन्देश दिदैं विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबैजना एकजुट भएर लड्न आवश्यक रहेको बताएका छन् । आजको चुनौती सामना गर्न कांग्रेसले सरकारलाई हरसम्भव सघाइरहेको समेत उल्लेख गरेका छन् ।
नेपाली नयाँ वर्ष २०७७ को पुनित अवसरमा सभापति देउवाले शुभकामना सन्देश दिंदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई सघाइरहेको र नयाँ वर्ष सँगै मुलुकले कोराना भाइरसमाथि विजय पाउन सफल हुने विश्वास व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना दिएका
छन् । कांग्रेस सपभाति देउवाले लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयमका साथ कार्य गर्न–गराउन सबैमा आग्रह पनि गरेका छन् ।