नयाँ वर्षले कोरोना महामारीलाई अन्त्य गर्दै सम्पूर्ण नेपालीलाई सामान्य अवस्थामा फर्कन ऊर्जा प्रदान मिलोस्

राष्ट्रियसभाका अध्यक्ष

१ बैशाख, काठमाडौं । नेपाली नयाँ वर्ष २०७७ पावनअवसरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुभकामना सन्दै प्रवाह गदै देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमासुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले शुभकामना सन्देशमा कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले लिएका नीति निर्णयहरूलाई अझ बढी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सफलता मिलोस् भौतिक र आर्थिक विकासकोरोनाको महामारीले उच्च जोखिममा परेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले नयाँ वर्षले यस महामारीलाई अन्त्य गर्दै सम्पूर्ण नेपालीलाई सामान्य अवस्थामा फर्कन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।