Breaking News

कोरोना संकटबिरुद्ध अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा मिलोस्

१ बैशाख, काठमाडौं । २०७७ को पानव शुभ अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले नयाँ वर्ष २०७७ ले कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ ।
नेपाली नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पुरानै लयमा फर्कने विश्वास समेत व्यक्त गर्नुभयो ।
कोभिड–१९ विरुद्धको संघर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने भन्दै उनले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औँल्याउनु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन जस्तोसुकै अप्ठ्यारामा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकूलतामा बदल्ने हाम्रो विगत भएको स्मरण गर्दै कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको निर्णयमा पूर्ण साथ दिन सबैमा अपिल गर्नुभएको छ । आजको संकट परिस्थितिका बीच नयाँ वर्ष २०७७ सबै नेपालीका लागि सम्झना योग्य हुने उपराष्ट्रपति उपराष्ट्रपति नन्दबहादुर पुन ले विश्वास लिनु भएको छ ।

उपराष्ट्रपति

लेखक : कदर न्यूज