थापाथलीमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौँको थापाथलीमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका
छन् । मृत्यु हुनेमा दोलखा स्थायी घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्का रहेका छन् भने मोटरसाइकलमा सवार अर्का रामेछाप स्थायी घर भएका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

हिजो राति ११ः २० बजे माइतीघरबाट थापाथली जाँदै गरेको बागमती प्रदेश(०२(०२६ प ११८१ नम्बरको मोटरसाइकल र थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ ट्रक ठोक्किँदा दुर्घटना भएको महानगरीय ट्राफिक महाशाखाका डिएसपी सुनील साहले बताएका छन् ।