चलचित्र रिजिलमा २०७६ मा ४५ घिरावट

चैत्र ३०, काठमाण्डौ । २०७६ सालमा नेपाली सिने जगतका नेपाली हलहरुमा १ सय वटा चलचित्र रिलिज भए । त्यसमा पनि आधा दर्जन चलचित्रले मात्र निर्मातालाई नाफा दिन सफल भने अरु सबै घटामा समिति । गतवर्षको चलचित्र बजारको व्यापार औषत थियो भने यो वर्ष, नेपाली चलचित्र रिलिजमा भारी गिरावट आयो । बैशाखदेखि फागुणको १६ गतेसम्म रिलिज भएका चलचित्रहरुको संख्या ५५ छ । यो गतवर्षको तुलानामा निकै कम हो ।
गतवर्ष भन्दा यो वर्ष चलचित्र रिलिजमा ४५ पतिशत गिरावट आएको छ । नेपाली चलचित्रका लागि यो सुखद सन्देश भने होइन । हुनत, चलचित्र कम बन्दा चलचित्रको व्यापार बढेको भए यसलाई सुखद मान्न सकिन्थ्यो । तर, यो वर्ष रिलिज भएका चलचित्रमा ५ वटाले मात्र नाफा कमाउन सक्नु, जसमा ४ वटा सुपरहिट हुनुले पनि कम चलचित्र बन्दा पनि नेपाली चलचित्रको व्यापारमा कुनै परिवर्तन भएको हो । यो वर्ष नाम चलेका व्यानर र सिरिज बाहेक अन्य चलचित्रको व्यापार कमजोर भए । बर्षको पहिलो नाफा कमाउन सफल चलचित्र ‘दाल भात तरकारी’ रहँदा अन्तिम नाफा कमाउन सफल चलचित्र ‘आमा’ भयो । अरु केही चलत्रिले लगानी उठाएर नाफा कमाए पनि त्यति चल्न भने चलेनन् ।