अर्जेन्टिनाले पाराग्वेलाई १-० गोलले पराजित

कोपा अमेरिकाको जारी खेलमा आज बिहान भएको अर्जेन्टिाना र पाराग्वे बिचको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई हराउंदै दोस्रो जित हात पारेको छ। समूह ए को खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोलले पराजित गरेको थियो ।

अर्जेन्टिनाको जितमा अलेजान्द्रो गोमेजले गरेको गोल निर्णायक बन्यो । उनले खेलको दशौं मिनेटमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

एन्जल डि मारियाले दिएको पासमा गोमेजले गोल गर्न सफल भएका हुन्।

१८औं मिनेटमा कप्तान लिओनल मेसीको फ्रिकिक थोरैले बाहिरिएको थियो।

त्यसपछि पाराग्वेले खेलमा सुधार ल्याएको थियो। खेलको अन्त्यतिर पनि अर्जेन्टिनाले पाएका अवसर सदुपयोग गर्न सकेन।

जितसँगै समूहमा शीर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले ३ खेलबाट ७ अंक जोड्न सफल भएको छ।

दोस्रो स्थानको चिलीको ५ अंक छ । पाराग्वे ३ अंक जोड्दै तेस्रो स्थानमा छ भने चौथो स्थानको उरुग्वेले १ अंक मात्र जड्न सकेको छ। पुछारको बोलिभियाले दुई खेलमा हार बोहेर्दा अंकको खाता खेल्न सकेको छैन।

चिलीले मंगलबार विहान सकिएको खेलमा उरुग्वेसँग १-१ गोलको बराबरी खेल्यो।

अर्जेन्टिनाले पहिलो खेलमा चिलीसँग बराबरी खेल्दा दोस्रो खेलमा उरुग्वेलाई पराजित गरेको थियो।