युरोकप २०२० को नकआउट राउण्डमा उत्कृष्ट तेस्रो टिमकोरुपमा अन्तिम १६ मा स्विट्जरल्याण्ड प्रवेश

८ असार, काठमाडौं । युरोकप २०२० को नकआउट राउण्डमा स्विट्जरल्याण्ड प्रवेश गरेको छ । समूह ए मा तेस्रो भएको स्विट्जरल्याण्डले उत्कृष्ट तेस्रो टिमकोरुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।

हिजो राति समूह बी र समूह सी का खेलहरु सकपएवछि स्वीस टोलीले पनि समूह चरण पार गरेको हो ।

समूह ए मा स्विट्जरल्याण्डले ४ अंक जोडेको थियो ।

समूह बी मा तेस्रो भएको युक्रेन र समूह सी मा तेस्रो भएको फिनल्याण्डको ३ अंक मात्र भएकोले स्विट्जरल्याण्ड अगाडि रहँदै अन्तिम १६ मा पुगेको हो ।

२४ टिम सहभागी युरोमा समूह विजेता र उपविजेतासहित तेस्रो हुने ६ मध्ये उत्कृष्ट ४ टिम पनि नकआउट राउण्डमा पुग्नेछन्।