नेकपा माओवादी केन्द्रले दल बदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गदै

७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले दल बदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने औपचारिक निर्णय गरेको छ ।
आज पााटीृको भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिएको हो ।

माओवादी केन्द्रबाट चुनाव जितेका र पछि एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि छन् ।

यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

केन्द्रीय समिति बैठकमा मेलम्चीबाट सहभागी भएका केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’ले पार्टी त्यागेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिइएको बताए ।

माओवादी नेता देव गुरुङले दल बदल गरेकाहरुलाई कारबाही गर्ने यसअघि नै निर्णय गरेकाले फेरि पनि निर्वाचन आयोगलाई ताकेता गर्ने निर्णय भएको बताए ।

पार्टीबाट हटाइएका नेताहरुकोबारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै आइतबार माओवादी केन्द्रका नेताहरुले आयोग पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

यी हुन् माओवादी केन्द्रबाट निस्कासित भएका जनप्रतिनिधिहरु