पत्रकारहरूलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउने व्यवस्था मिलाउन सरकारलाई सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

६ असार, काठमाण्डौ । धेरै पत्रकारहरुले कोरोना बिरुद्धको खोप लगाउन नपाएपछि लामो समयदेखि पत्रकारहरुले सरकारलगायत सरोकारवाला निकायसंग भेटघाट, छलफल, डेलिकेसन गरेर माग गरे पनि सुनुवाई नभएपछि अर्थसंसार डट कमका प्रधान सम्पादक लिलानाथ घिमिरेले सर्वोच्च अदालतमा रिट दायर अदालतले पत्रकारहरूलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार ुपत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु पर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकाले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अंग्रपंक्तिमा रही समाचार संकल गर्ने पत्ररकारहरुलाई प्राथमिकता प्रदान गरी कोभिड विरूद्धको पहिलो खोप लगाएकालाई दोश्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिड विरुद्धको खोप लगाउने व्यवस्था मिलाउनु अन्तरिम आदेश दिएको हो।

पत्रकारहरूलाई कोरोनाको खोप लगाउन माग गर्दै अर्थसंसार डट कमका प्रधान सम्पादक लिलानाथ घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले सरकारलाई १५ दिन भित्र अन्तरिम आदेश जारी नगर्नु पर्ने भए लिखित जवाफ पेश गर्नसमेत आदेश दिएको छ।