लगातार दोस्रो जित निकाल्दै बेल्जियम अन्तिम १६ औं संस्करणमा प्रवेश

युरोकप फुटबलमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ। कोपनहेगनस्थित पार्केन स्टेडियममा सम्पन्न समूह बी अन्तर्गत उपाधि दावेदार बेल्जियमले डेनमार्कलाई २(१ गोल अन्तरमा हराउँदै लगातार दोस्रो जित निकालेको हो।

बेल्जियमलाई जिताउन थोर्गन हाजार्ड र केभिन डी ब्रुएनले एक एक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए।

घरेलु मैदानमा भएको खेलमा डेनमार्कले बलियो बेल्जियममाथि सुरूवाती अग्रता लिएको थियो। खेलको दोस्रो मिनेटमा युसुफ पाउलसेनले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका हुन्। पाउलसेनले पिएरे इमिलको पासमा गोल गरेका थिए। पहिलो हाफमा १( ० ले पछि परेको अवस्थामा दोस्रो हाफमा आक्रमक खेल खेलेको बेल्जियमले खेलको ५४ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो।

उसका लागि थोर्गान हाजार्डले गोल गरेका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा केभिन डि ब्रुएनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका ब्रुएनले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका
हुन् ।

फिनल्यान्डसँग पहिलो खेलमा हार बेहोरेको डेनमार्कले यो पराजयसँगै समूह चरण पार गर्ने सम्भावना झिनो रहेको छ। यस्तै लगातार दोस्रो जित निकालेको बेल्जियम दोस्रो चरणमा पुगेको छ।

यो समूह ‘बी’ मा बेल्जियमको ६ तथा रसिया र फिनल्यान्डको समान ३(३ अंक रहँदा डेनमार्क अंकविहीन छ । डेनमार्कको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो ।

बलियो बेल्जियमविरुद्ध मैदान उत्रिएको डेनमार्कलाई स्टार फरवार्ड क्रिस्टियन एरिक्सनको अभाव खड्कियो। फिनल्यान्डविरुद्धको खेलमा अचानक अचेत भई अकस्मात मैदानमा ढलेका उनले तयसपछि खेल गुमाए। उनी अहिले अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् ।