स्विचरल्यान्डलाई ३-० गोलले हराउंदै इटली अन्तिम १६ मा छनोट

स्विचरल्यान्डविरुद्ध पनि ३–० कै जित निकालेको विश्वकपको सुरुवाती खेलमा टर्कीलाई ३–० ले हराएको इटलीले मध्यरातीको खेलमा स्विचरल्यान्डविरुद्ध पनि ३–० कै जित निकालेको छ । यससँगै समूहमा दुई खेलबाट स्पष्ट ६ अंक हासिल गरेको इटली अन्तिम १६ मा छानिने पक्का भएको छ ।

इटलीको जितमा म्यानुयल लोकाटेल्लीले दुई तथा सिरो इम्मोबाइलले एक गोल गरे । यही समूहको अर्को खेलमा वेल्सले टर्कीलाई २–० ले हराएको छ । यस जीतसँगै ४ अंक हासिल गरेर वेल्स समूहमा दोस्रो स्थानमा छ ।

समूहचरणको अन्तिम खेलमा वेल्सले शीर्ष स्थानको इटलीसँग भिड्नेछ । त्यस्तै, अर्को खेलमा स्विचरल्यान्ड र टर्कीबीच प्रतिस्पर्धा हुनेछ ।