सुनको मूल्य थप ७०० रुपैयाँले घट्यो

३१ जेठ,काठमाडौं । हिजो नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य थप आज ७०० रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजाबी सुन समेत ७०० रुपैयाँले नै घट्दै ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदी तर्फ भने गत हिजोको मूल्यमा प्रतितोला ५ रुपैयाँले घट्दै आज एक हजार ३६५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।