सुरुङ परीक्षणका लागि मेलम्चीको पानी आउन केही दिन बन्द हुने भएपछि खानेपानी वितरणको तालिका फेरिएको छ । चैत १५ गतेदेखि वितरण सुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो । अब करिब २ महिनापछि मात्रै मेलम्चीको पानी पुनः वितरण गरिनेछ ।
सो अवधिसम्मका लागि काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयूकेएल_ ले खानेपानी वितरणको तालिका परिवर्तन गरेको छ। नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्र अनुसार २ दिनदेखि १२ दिन बिराएर पानी आउनेछ ।