पछिल्लो २४ घण्टामा २४०७ जना कोरोना संक्रमित,३९९४ जना संक्रमणमुक्त हुँदा ४६ जनाको मृत्यु

३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु छ । थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।