बाँकेमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

३० जेठ, काठमाडौं । बाँकेमा कोरोना (कोभिड–१९) संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बैतडी, बर्दिया, सल्यान, बाँके र दाङका एक÷एकजना गरी कुल ५ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुने यो संख्या हिजो दिउँसो ३ः४५ देखि आज बिहान ७ बजेसम्मको हो ।

बैतडीको पुर्चौडी नगरपालिका–८ का ५५ वर्षीय पुरुषको हिजो दिउँसो ३ः४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बर्दियाको राजापुर नगरपालिका–१ की ४९ वर्षीया महिलाको हिजो ४ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी सल्यानको कालिमाटी गाउँपालिका–२ का ४६ पुरुषको हिजो राति १२ः४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङको लमही नगरपालिका–१ की ३२ महिलाको आज बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

बाँकेको बैजनाथ गाउँपालिका–५ का ६७ पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज बिहान ४ः१० बजे मृत्यु भएको हो ।