नेपाली सेनालाई भारतीय सेनाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

२८ जेठ, काठमाडौं । भारतीय सेनाले प्रदान गरेको करिब २८ कोरोड ८ लाख नेपाली रुपैंया बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण आज नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्घको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पु¥याएको योगदानको सराहना गरेका थिए ।
भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पीसीआर परीक्षण किट लगायतका स्वास्थ्य सामाग्री जेष्ठ २७ गते काठमाडौं ल्याइएको थियो ।

यसैबीच भारतीय सेनाले गत मार्चमा नेपाली सेनालाई एक लाख कोभिशिल्ड खोप प्रदान गरेको थियो । यो सहयोगले संकटको समयमा दुई देशका सेनाबीच रही आएको सहकार्यलाई प्रतिबिम्बित गरेको छ ।