‘धोका दियौं’को फिमेल भर्सन सार्वजनिक

गायक प्रमोद खरेलको स्वरमा समावेश ‘धोका दियौं’को फिमेल भर्सन सार्वजनिक गरिएको छ । फिमेल भर्सनमा गायिका एलिना चौहानले स्वर दिएकी छिन् । सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।

प्रेम पिडा ब्यक्त गरेको गीतको भिडियोमा प्रेम र प्रेमपिडा कथाको रुपमा प्रस्तुत गरिएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेशको छायांकन र डिन्सन शाहको सम्पादन छ ।