प्रहरीको भ्यानले ठक्कर दिंदा दाङमा एकजनाको मृत्यु

२८ जेठ, बुटवल । प्रहरीको भ्यानले ठक्कर दिंदा दाङमा एकजनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा हिजो राति १२ बजेतिर भएको दुर्घटनामा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भे १ प ८४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीको लुअच ५३३४ नम्बरको भ्यानले ठक्कर दिँदा उछिट्टएिर विद्युतको पोलमा टाउको ठोक्किंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।