कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

२८ जेठ, धनगढी । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । जिल्लाको वेदकोट नगरपालिका–५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बताएको छ ।

बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका–६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

हिजो स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छन् । राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई आज बिहान पक्राउ गरेको हो ।